×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेढ वर्षमै सीइओ उपासना पौडेलले युनाईटेड इन्स्योरेन्स छोडिन्, पदबाट राजिनामा, हिमालयन रिइन्स्योरेन्स जाने तयारी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

डेढ वर्षमै सीइओ उपासना पौडेलले युनाईटेड इन्स्योरेन्स छोडिन्, पदबाट राजिनामा, हिमालयन रिइन्स्योरेन्स जाने तयारी !

काठमाडौं । नेपाली बीमा क्षेत्रकै पहिलो महिला सिईओ उपासना पौडेलले युनाइटेड इन्स्योरेन्सको सीइओ पदबाट राजिनामा दिएकी छिन् । उनले असोज ७ गते कम्पनीको संचालक समिति समक्ष राजिनामा बुझाएकी हुन् । यद्यपी उनको राजिनामा स्वीकृत हुन भने बाँकी छ । कम्पनीको संचालक समिति स्रोतले दिएको जानकारी अनुसार अव बस्ने बोर्डले उनको राजिनामा स्वीकृत गर्नेछ ।

गतवर्ष मात्रै युनाईटेड इन्स्योरेन्सको सिईओको रुपमा ४ वर्षका लागि नियुक्त भएकी पौडेलले कार्यकाल अवधि डेढ वर्ष नपुग्दै राजीनामा दिएकी हुन् । यसो त उनी सो कम्पनीको सीइओ हुँदा नै उनको योग्यता नपुगेको र नियम मिचेर सीइओ पद दिईएको चर्चा इन्स्योरेन्स क्षेत्रमा थियो । त्यतिबेला नै पनि उनले कम्पनीको सीइओ पद सम्हाल्न सक्दिनन्, र उनको कार्यकाल पूरा हुन गाह्रो हुने अड्कलबाजी धेरैले गरेका थिए । नभन्दै उनले कम्पनीबाट राजिनामा दिएकी छिन् ।

पौडेल हिमालयन रिइन्स्योरेन्स कम्पनीमा जानका लागि युनाइटेडबाट राजिनामा दिएको बुझिएको छ ।

३४ वर्षकी पौडेल इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा कान्छी सिइओ हुन् । पौडेलले भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी छिन् । उनले भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्समासमेत काम गरेकी छिन् । सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल यूनाइटेड इन्स्योरेन्समा डेढ वर्षदेखि सीइओका रुपमा कार्यरत थिइन् ।

कम्पनीमा राम्रो पर्फर्मेन्स गरेको पनि उनको कार्यशैलीप्रति भने धेरै कर्मचारी रुष्ट थिए । कतिपय कर्मचारीहरुले त योग्यता नै नपुगेर सीइओ हुन आएकाले पनि उनको फुर्ती ज्यादानै रहेको तर्क गर्दै आएका थिए । यद्यपी युनाइटेड इन्स्योरेन्सले भने योग्यता पुगेरै र उनको कार्यक्षमताकै आधारमा उनलाई प्रमुख कार्यकारी अधिकृतको पद दिएको दाबी गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: