×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश घुम्न जाने पर्यटकमाथि सरकारको कडाई, बैंकमा २ लाख हुनैपर्ने, भारत र खाडी बाहेक अन्य २ देश घुमेकै हुनुपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विदेश घुम्न जाने पर्यटकमाथि सरकारको कडाई, बैंकमा २ लाख हुनैपर्ने, भारत र खाडी बाहेक अन्य २ देश घुमेकै हुनुपर्ने !

Artha Sarokar

२० भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल सरकारले विदेश घुम्न जाने पर्यटकमाथि कडाई गरेको छ । ‘पर्यटन भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै गृह मन्त्रालयले विदेश घुम्न जाने पर्यटकमाथि कडाई गरेको हो । बढ्दो मानव तस्करी नियन्त्रणको बाहनामा सरकारले सर्वसाधारणलाई पर्यटक भिसामा विदेश घुम्न निरुत्साहित गर्ने कार्यविधि जारी गरेको हो ।

बैंकमा २ लाख र भारत र खाडी बाहेक दुई देश घुमेको हनुपर्ने
विदेश घुम्न जाने पर्यटकलाई कडाई गर्दै सरकारले ‘भिजिट भिसा’का लागि बैंकमा दुई लाख मौज्दात र दुई देश अनिवार्य घुमेको हुनुपर्ने सर्त राखेको छ । पर्यटक भिसामा विदेश जान वार्षिक करयोग्य आम्दानी ४ लाख हुनुपर्नेछ । त्यस्तै विदेश जाँदा सरकारलाई कर तिरेको प्रमाण पेस गर्नुपर्नेछ । योसँगै अव भिजिट भिसामा विदेश घुम्नका लागि भारत, मलेसिया र खाडीबाहेक अरू थप दुईवटा देश घुमेको हुनुपर्ने, हवाई टिकट काट्नुअघि अध्यागमन विभागबाट स्वीकृति लिनुपर्ने सर्त ‘पर्यटन भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’मा उल्लेख गरिएको छ ।

अध्यागमन विभागका अनुसार पहिलो चरणमा खाडी मुलुक, मलेसिया, अफ्रिकी तथा दक्षिण अमेरिकी मुलुकमा पर्यटक भिसामा घुम्न जाने नेपालीका लागि लागू हुनेछ । यो सँगै अव ‘भिजिट भिसा’ भएर पनि सरकारले तोकेको सर्त पूरा नभए सर्वसाधारणले विदेश घुम्न नपाउने भएका छन् । ट्रान्जिट भिसालाई विभिन्न देश भ्रमण गरेको प्रमाणका रूपमा राख्न नपाइने अध्यागमन विभागले जनाएको छ ।

विगतमा विदेशमा बसेका व्यक्तिको हकमा भारत, मलेसिया र खाडीबाहेक अन्य मुलुकमा कम्तीमा दुई वर्ष बसेको देखिने अभिलेख पेस गर्नुपर्ने छ । नेपालमा आयात/निर्यात गर्ने कम्पनी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिले करचुक्ता गरेको प्रमाण पेस गर्नुपर्ने हुन्छ । विदेश प्रस्थानअघि अध्यागमन विभागबाट स्वीकृति लिनुपर्ने र त्यसका लागि कम्तीमा एक साताअघि अनलाइनमार्फत निवेदन दिनुपर्ने सर्त राखिएको छ ।

२०७७ मा हटेको कार्यविधि पुनः लागू
यसो त सरकारले पर्यटक भिसामा विदेश घुम्न जाने सर्वसाधारणलाई कडाई गर्दै यसअघि पनि २०७७ सालमा कार्यविधि जारी गरिएको थियो । सो बखतमा कार्यविधिको चर्को विरोध भएपछि सरकारले कार्यविधि हटाएको थियो ।

त्यसबेला विदेश घुम्न जानका लागि अंग्रेजी बोल्नुपर्ने कम्तीमा प्रवेशिका वा सो सरहको शैक्षिक योग्यता, वार्षिक आम्दानी १० लाख र विदेश जानुअघि बैंक खातामा ५ लाख रुपैयाँ मौज्दात देखाउनुपर्ने सर्त राखेको थियो । तर, यसपटक सो कार्यविधिमा केही संसोधन गरी सरकारले पुनः भिजिट भिसामा विदेश जानेलाई निरुत्साहित गर्ने प्रावधानसहित कार्यविधि जारी गरेको हो । गृह मन्त्रालयबाट स्वीकृत गरिएको कार्यविधिमा पर्यटक भिसामा विदेश जानेलाई १६ समूहमा वर्गीकरण गरिएको छ  ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी