काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि आफ्नो सरकार आउने र आफ्नो सरकार आएपछि सेयर बजारले उचाईं चुम्ने बताएका छन् । दशैंमा विभिन्न सरोकारवालाहरुसँगको भेटमा उनले यस्तो बताएका हुन् । केहि दिनअघि सेयर बजारका केहि लगानीकर्ताहरुको भेटमा उनले निर्वाचनपछि आफ्नो सरकार आउने र आफ्नो सरकार आएपछि सेयर बजारमैत्री थप नीति बन्ने पनि दाबी गरेका छन् ।
‘एमालेको सरकार निर्वाचनपछि निश्चित भएको अध्यक्ष ओलीको ठोकुवा रह्यो । त्यसपछि ओलीले आफ्नो सरकार आएपछि बजारले नयाँ लय लिने र उचाईं चुम्नेसमेत बताउनुभएको छ ।’ भेटमा सहभागी एक लगानीकर्ताले अर्थ सरोकारसँग भने- ‘सेयर बजारका समस्याबारे अध्यक्ष ओली जानकार र चिन्तितसमेत हुनुहुन्छ । आफ्नो सरकार आएपछि लगानीकर्ताका समस्याहरुको समाधानका लागि पहल गर्ने उहाँको भनाई छ ।’
पछिल्लो समय सेयर बजार मापक नेप्से परिसूचक निकै घटेको विषयमा आफु जानकार रहेको बताउँदै उनले नेकपा एमाले समग्र सेयर बजारको वृद्धिबिकासमा निकै सकारात्मक भएकोसमेत बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्