×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चर्कियो ब्याजदर वृद्धिको आन्दोलन, भैरहवामा व्यवसायीहरु कालोपट्टी बाँधेरै सडकमा उत्रिए

PRIME CA

चर्कियो ब्याजदर वृद्धिको आन्दोलन, भैरहवामा व्यवसायीहरु कालोपट्टी बाँधेरै सडकमा उत्रिए

४ कार्तिक २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । देशभर बढ्दो बैंक ब्याजदरको विरोधमा आन्दोलन चर्किएको छ । बिहीबार भैरहवाका व्यवसायीहरुले पनि चर्को ब्याजदर र बैंकको नीतिको विरोध गर्दै प्रदर्शन गरेका छन् । राष्ट्र बैंक र बैंकहरुको नीति व्यवसायीहरुको हित विपरित भएको भन्दै उद्योगी व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।

बैंकहरुले आफुखुसी ब्याज बढाएर व्यवसायीलाई मर्कामा पारेको भन्दै कालोपट्टीसहित प्रदर्श गरिएको रुपन्देही उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताएका छन् । ‘राष्ट्र बैंक र बैंकहरुको नीतिले व्यवसायीलाई पलायनको बाटो देखाएको छ । व्यवसायीहरुप्रति राज्य गम्भिर देखिएन’, उनले भने, ‘बैंकहरुले आफुखुसी ब्याज बढाउँदा पनि नियामक निकाय मौन छ । हाम्रो आन्दोलन बैंक र नियामकको नीतिको विरोधमा हो ।’

‘बढ्दो ब्याजदर र बैंकहरुको नीतिको विरोधमा आज एक घण्टा कालोपट्टीसहित सडकमा प्रर्दशन गर्यौं,’ श्रेष्ठले भने, ‘प्रदर्शनसँगै राष्ट्र बैंक भैरहवा कार्यालयमा ज्ञापन पत्र बुझाएका छौँ । माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउनेछौँ ।’

पछिल्लो समय बैंकहरुले बढाएको ब्याजदरको विरोधमा देशभरका विभिन्न ठाउँमा आन्दोलन चर्किएको छ । केहिदिन अघिमात्रै सुर्खेतका व्यवसायीहरुले बैंक बहिष्कार अभियान नै चलाएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: