काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले दिगो आर्थिक बिकासलाई ‘थीम’ बनाएर राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । संघले आफ्नो साधारणसभाको दिन पारेर सो कार्यक्रमको आयोजना गर्न लागेको हो । यहि आउँदो शुक्रबार अर्थात असोज २८ गते संघले काठमाडौँस्थित होटल र्याडिसनमा सो कार्यक्रम आयोजना गर्ने भएको हो ।
सो राष्ट्रिय सम्मेलनमा पूर्व अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,सीएनआईका अध्यक्ष विष्णु अग्रवाल, नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौडेल, मेगा बैंककि कामु सीइओ रविना देशराज श्रेष्ठ, सीबीफिनका अध्यक्ष पवन गोल्यान, लगायतकाको उपस्थिति रहनेछ । प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्ने सो कार्यक्रममा नेपालको कर्पोरेट क्षेत्र, सामाजिक क्षेत्र र नेपालको राजनीतिमा फरक योगदान दिने ३ जनालाई सम्मान गर्ने कार्यक्रमसमेत एक्यानले राखेको छ ।
एक्यानले गर्ने यो कार्यक्रम निकै भव्य हुने आयोजकको दाबी छ । यसअघि पनि संघले गरेको राष्ट्रिय सम्मेलनले देशभर चर्चा पाएको थियो ।
‘यसपटकको कार्यक्रमलाई भव्य बनाउनेगरी तयारी गरिरहेका छौं ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक्यानका अध्यक्ष दीपक पाण्डेले भने- ‘विशिष्ट व्यक्तिहरु आउनुहुनेछ । हामी आर्थिक दिगो बिकासमा सिएहरुको भूमिका मात्र होइन, बिज्ञहरुको योजना पनि सो कार्यक्रममा सुन्नेछौँ । गत राष्ट्रिय सम्मेलनजस्तै यसपटकको राष्ट्रिय सम्मेलन पनि ऐतिहासिक हुनेछ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्