Skip to content
LAXMI SUNRISE BANK

एशियन क्यापिटलको ७औं वार्षिक साधारणसभा कार्तिक २४ गते हुने, यस्ता छन् पेश गरिने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौं । एशियन क्यापिटल लिमिटेडको ७औं वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा कार्तिक २४ गते हुने भएको हो । सभा एशियन क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभामा लाभांश सम्बन्धि कुनै एजेण्डा राखिएको छैन । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK