काठमाडौं । कार्तिक महिनामा बैंकहरुको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघको बिहिबार बसेको अनौपचारिक वैठकले कार्तिक महिनामा निक्षेपको ब्याज बढाउन उचित नहुने निष्कर्ष निकालेको थियो ।
असोज महिनामा बैंकहरुले ब्याजदर बढाएपछि त्यसको चौतर्फी आलोचाना हुँदै आएको थियो । ‘चौतर्फी विरोध भएपछि बैंकर्स संघको बिहिबार बसेको बैठकले तत्काल ब्याज बढाउन नहुने निष्कर्ष निकालेको एक बैंकरले जानकारी दिए ।
निक्षेपको ब्याजदर असोजको लागि भने व्यक्तिगत मुद्दतीतर्फ नै ११.०३ प्रतिशतबाट बढेर १२.१३ प्रतिशत पुर्याइएको थियो । अब कात्तिक महिनामा पनि यही दर कायम रहने भएको छ । रेमिट्यान्स मुद्दतीको १३.१३ प्रतिशत न्यूनतम ब्याजदर कायमै रहनेछ ।
ब्याजदर बढाएकै भरमा निक्षेप नथपिने र अहिले बढाएको ब्याजदरले बढेको लागत आउँदो माघदेखि मात्र ब्याजदरमा जोड्न पाइने भएकाले कात्तिकमा ब्याजदर स्थिर राख्ने निष्कर्षमा बैंकहरू पुगेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्