काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिमा विधेयक प्रमाणीकरण गरेकी छन् । असोज २३ गते राष्ट्रपति भण्डारीले बिमा विधेक सहितका तिन विधेयकहरु प्रमाणिकरण गरेकी हुन् ।
प्रमाणित भएका विधेयकमा बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक रहेका छन् । योसँगै हालको बिमा समिति बिमा प्राधिकरणमा रुपान्तरण हुने भएको छ ।
आइतबार बिमा ऐनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी सम्बन्धी विधेयक र सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक स्वीकृत भएको हो ।
संघिय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रणामीकरण भएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत बताएको छ ।
अब सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै विधेयकले कानुनी मान्यता प्राप्त गर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्