काठमाडौं । नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाईसेन्स दिने प्रकृया तत्काल अगाडी नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायधिस तिलप्रसाद श्रेष्ठको एकल इजलासले धितोपत्र बोर्डलाई तत्कालका लागि पक्रिया अघि नबढाउन आदेश दिएको ।
नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाईसेन्स दिने प्रकृया तत्काल रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट उपर सुनुवाई गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।
पक्रिया रोक्न भन्दै अधिवक्ता दिपक बिक्रम मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए । योसँगै रिटमाथि अर्को सुनुवाई नहुँदासम्म लाइसेन्स वितरणको प्रक्रिया रोकिने भएको छ ।
धितोपत्र बोर्डले असोज २ गते नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि आवेदन खुला गरेको थियो । नयाँ ब्रोकर खोल्न आवेदन दिने ३० दिनको समय सकिएको छ । नयाँ ४५ र पुरानो एक सहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् । नयाँ ब्रोकर र वस्तुविनिमय बजार सञ्चालनका लागि आवेदन दिने समय कात्तिक १५ गतेसम्म रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्