काठमाडौं । ‘द बर्गर हाउस एण्ड क्रन्ची चिकेन’ले ग्राहकलाई कुहिएको मासु बेच्ने गरेको खुलासा भएको छ । मंगलबार काठमाडौं महानगरपालिकाको टोलीको अनुगमनका क्रममा नयाँ बानेश्वर चोकस्थित ‘द बर्गर हाउस एन्ड क्रन्ची चिकेन’ले कुहिएको मासु बेच्ने गरेको फेला पारेको हो ।
महानगरको अनुगमनको टोलीको छड्के निरिक्षणमा बर्गर हाउसमा कुहिएको मासु भेटिएको निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बताएका छन् । ‘अनुगमनका क्रममा बर्गर हाउसको भान्सामा रहेको फ्रिज खोल्दा ह्वास्सै दुर्गन्ध आयो’, उनले भने, ‘फ्रिजमा भएको मासु गन्हाएको रहेछ, तत्कालै नष्ट गर्न निर्देशन दिएका हौँ ।’ ग्राहकका लागि दिन भनेर राखेको मासु कसरी कुहिएको पर्यो भनेर संचालकसँग जवाफ मागेको झाले बताएका छन् ।
यता बर्गर हाउसका सञ्चालकले भने मासु सप्लायर्सले नै कुहिएको मासु पठाएको बताए । तर, अनुगमन टोलीले मासुको सप्लायर्ससँग पनि कुरा गर्ने गरी महानगरमा हाजिर हुन बर्गर हाउसका संचालकलाई निर्देशन दिएको छ । यसो त बर्गर हाउसमा कुहिएको मासु भेटिएको यो पहिलो घटना भने होइन । यसभन्दा अघि पनि जडीबुटीको बर्गर हाउसमा पनि यस्तै मासु र अखाद्य तेल भेटिएको थियो ।
उक्त बर्गर हाउसको किचेनमा काम गर्ने कर्मचारी र भान्साको सरसफाइमा समेत खासै ध्यान नपुगेको पाइएको झाले बताएका छन् । ‘होटल तथा रेष्टुरेन्टका भान्सा प्राय सफा राख्नुपर्छ, तर यहाँ त्यो पनि पाइएन’, झाले भने, ‘आवश्यक छानबिन सकिएपछि कार्वाही हुन्छ। ग्राहकको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई छुट दिन मिल्दैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्