×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छठको रौनकतासँगै कुनिया र दियोको व्यापारमा दोब्बरले वृद्धि, तराईका जिल्लामा व्यापारमै व्यस्त छन् व्यापारी…(फोटो-कथा)

काठमाडौं । छठ पर्वका लागि अव एक दिनमात्रै बाँकी रहँदा तराईका जिल्लाहरुमा कुनिया र दियोको व्यापार ह्वात्तै बढेको छ ।

छठ पर्वको विशेष गरी तराईका मिथिला क्षेत्रमा चहलपहल बढी छ । बजारमा छठ पूजाको तयारीका लागि किनमेल गर्नेहरुको प्राय भिड नै देखिन्छ । त्यसैमाथि अहिले सबैभन्दा बढी बिक्री हुने सामाग्रीमा कुनिया, ढाकी, दियो पर्ने गरेका छन् ।

तराईका जिल्लाहरुमा छठ पूजाको सामाग्री राख्न आवश्यक पर्ने बाँसको चोयाबाबाट निर्मित कुनियाको माग बढेको व्यापारीहरुको भनाई छ । ‘छठको समयमा बाँसको चोयाबाट बनेका कुनिया र ढाकीको बिक्री बढी हुन्छ’, एक व्यापारीले भने, ‘कुनियासँगै माटोका दियो र केरा, नरिवल लगायतका फलफूलको व्यापारमा पनि वृद्धि भएको छ ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: