×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिहार सकिएसँगै देशैभरी छठपर्वको रौनक सुरु, तस्विरमा हेर्नुहोस् यस्तो छ तयारी…(फोटो-कथा)

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्वका रुपमा मनाइने तिहार सकिएसँगै देशैभरी छठपर्वको रौनक सुरु भएको छ । विशेष गरी सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका नागरिक जुटेका छन् ।

कात्तिक शुक्ल त्रितियाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधिबाट पर्व सुरु गर्ने चलन छ । षष्ठी तिथिका दिन निराहार ब्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशायमा पुगी कम्मरसम्म पानीमा डुबेर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यसरी देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।

यसका लागि देशैभरीका विभिन्न ठाउँहरुमा तयारी व्यापक देखिएको छ । विशेषत तराई जिल्लाहरुको यो पर्वको रौनकता झनै देखिएको छ । छठको दिन सूर्य पुजाका लागि घाट सजाउने काममा तराई क्षेत्रका जन–जन लागि परेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: