×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकले सुरु गर्यो क्यास डिपाजिट मेसिनको प्रयोग, भौतिक फारम र लाईन बिनै खातामा रकम जम्मा गर्न सकिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिटिजन्स बैंकले सुरु गर्यो क्यास डिपाजिट मेसिनको प्रयोग, भौतिक फारम र लाईन बिनै खातामा रकम जम्मा गर्न सकिने

Artha Sarokar

११ कार्तिक २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंकले ‘क्यास डिपोजिट मेसिन’को प्रयोग शुभारम्भ गरेको छ । आफ्ना ग्राहकको सहजतालाई ध्यानमा राख्दै बैंकले सोझै मेसिनबाटै रकम डिजोजिट गर्न सकिने मेसिनको प्रयोग सुरु गरेको हो ।

बैंकले सुरु गरेको उक्त सेवामार्फत मेसिनको प्रयोग गरि ग्राहकले भौतिक फारम बिना नै खातामा रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा गर्दा ग्राहकले आफ्नो खाता नम्बर भने मेसिनमा राख्नुपर्नेछ । यो मेसिनबाट ग्राहकले एक हजार र पाँच सय रुपैयाँका दरका नोटहरु मात्रै जम्मा गर्न सक्नेछन् ।

यो मेसिनको प्रयोगसँगै अव आफ्ना ग्राहकहरुलाई नगद जम्मा गर्नकै लागि फारम भर्नुपर्ने र पालो कुर्नुपर्ने बाध्यताको अन्त्य हुने बैंकले विश्वास गरेको छ । ‘आधुनिक बैंकिङको प्रमुख अंगको रुपमा रहेको डिजिटल बैंकिङलाई सिटिजन्स बैंकले प्रभावकारी ढंगबाट अगाडी बढाइरहेको छ’, बैंकका सिइओ गणेशराज पोखरेलले भने, ‘क्यास डिपोजिट मेसिनको शुभारम्भले सेवा अझै सहज, सुरक्षित, सर्वसुलभ र विश्वा योग्य हुनेछ ।’

हाल सिटजन्स बैंकले दरवारमार्ग शाखा नारायणहिटी पथ, काठमाडौंमार्फत यो सेवा सञ्चालन गरेको छ । आगमी दिनमा यस सेवालाई देशका विभिन्न शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी