×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले ५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाई बोलायो, नआए लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने

PRIME CA

सिभिल बैंकले ५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाई बोलायो, नआए लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने

२६ आश्विन २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिभिल बैंकले आफ्ना सेयरधनिलाई ५ वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै सेयरधनीहरुलाई यस्तो आग्रह  गरेको हो ।

बैंकले साबिकका एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी र युनिक फाइनान्सले विभिन्न साधारणसभाबाट पारित गरेको नगद लाभांश हालसम्म पनि बुझि नलिएको भन्दै सिभिल बैंकले ति सेयरधनीलाई पुरानो लाभांस लिन आग्रह गरेको हो ।

उक्त कम्पनीले नगद लाभांश लिन बाँकी सेयरधनीले सूचना प्रकाशित भएको ३० दिनभित्र सेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजातसहित सेयर रजिष्ट्रारको कार्यालय सिभिल क्यापिटल, मार्केट सुन्धारा काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सुचना प्रकाशित भएको मितिले ३० दिनसम्म पनि लाभांश रकम लिन नआएमा उक्त रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: