×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसले पञ्चवर्षीय योजनासहित संकल्पपत्र सार्वजनिक गर्यो, पाँच वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने प्रतिबद्धता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कांग्रेसले पञ्चवर्षीय योजनासहित संकल्पपत्र सार्वजनिक गर्यो, पाँच वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने प्रतिबद्धता

Artha Sarokar

१२ कार्तिक २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि चुनावी संकल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको घोषणापत्रमाद पाँच वर्षभित्र १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र न्यूनतम् वार्षिक सात प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रतिबद्धता जनाइएको छ ।

‘ओम्निबस’ आर्थिक सुधारको नयाँ चरण प्रारम्भ गर्दै अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश पाँच दशमलव छ प्रतिशतबाट नौ प्रतिशत कायम गर्ने नीति कांग्रेसले सार्वजनिक गरेको संकल्पपत्रमा लिइएको छ ।

साथै समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ । सङ्कल्पपत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी