काठमाडौं । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिकै विधि हो ।
हिन्दु संस्कारमा गाईको दुध, गोबर र गुहँतलाई शुद्धताको प्रतिकका रुपमा समेत लिने गरिन्छ । स्थानीय गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट उर्जा प्राप्त गर्ने भएकाले गाईको दुध पोषिलो हुनुका साथै गाईको गोबर र गहुँतबाट शक्ति प्राप्त हुने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । यसर्थ पनि हिन्दु संस्कारमा गाईलाई माताका रुपमा पुजन गर्ने गरिन्छ ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षावन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो समेत बाँध्ने गरिन्छ । यसका साथै आजकै दिन गाईलाई माला लगाएर, मिठो खुवाएर गाईपुजा सम्पन्न गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्