काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले आज असोज २८ गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ६ लाख ७० हजार ३ सय १० कित्ता साधारण सेयर निष्काशन गरेको हो । यो मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४ सय ६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
साथै, बाँकी ६ लाख २३ हजार २ सय ८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले इस्टर्नको आइपीओलाई उच्च जोखिम जनाउने ‘केयर एनपी डबल बी प्लस’ रेटिङ दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्