×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छठपर्वलाई लक्षित गर्दै तराईमा केराको व्यापार दोब्बरले बढ्यो (फोटो-फिचर)

काठमाडौं । नेपालको तराई क्षेत्रमा निकै धुमधामका साथ मनाइने छठ पर्वलाई लक्षित गर्दै केराको व्यापारमा दोब्बरले वृद्धि भएको छ । तिहार सकिएलगत्तै तराईका विभिन्न जिल्लाहरुमा केराको माग ह्वात्तै बढेको हो ।

छठ पर्वमा छठी माताको व्रत लिने व्रतालुका घरमा चढावाका लागि छरछिमेकबाट विभिन्न प्रसादहरु लिने र केराको घोगा, नरिवल, भोगटे लगायतका फलफुलहरु छठको प्रसादको रुपमा दिने समेत चलन रहेको छ । यसो त छठको पुजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फललफूल र मिठाईलगायतका खाद्यान्नहरु आवश्यक पर्दछ । त्यसैले पनि तराईका जिल्लाहरुका केराको कारोबार अन्य समयको भन्दा दोब्बरले बढेको व्यापारीहरु बताउँछन् ।

‘छठ पर्वमा सबैभन्दा बढी बिक्री हुने नै केरा हो । यसवर्ष मात्र होइन हरेकका वर्षमा छठको समयमा केराको कारोबार अत्याधिक हुन्छ’, एक व्यापारीले भने, ‘केरालाई प्रसादको रुपमा अत्याधिक प्रयोग गरिन्छ । अन्य फलफूलको तुलनामा केरा सहज रुपमा पाईने र मूल्य पनि अरुको भन्दा सस्तो हुने भएकाले केराको बिक्री धेरै हुन्छ ।’

अहिले देशका विभिन्न स्थानबाट केरा ट्रकबाट ढुवानी गरेर तराईका विभिन्न जिल्लाहरुका बिक्रीका लागि पुर्याइएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: