काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको मदिराको आयात खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकमा श्रेष्ठले मदिराको आयात खोल्नुपर्ने प्रस्ताव रोखका हुन् ।
बैठकमा व्यवसायीको माग र मुख्य पर्यटकीय सिजनमा मदिराको आयात प्रतिबन्ध गर्दा पर्ने असरबारे छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् । ‘मदिराको आयात लामो समयसम्म लम्ब्याउँदा पर्यटन क्षेत्रमा असर पर्ने देखियो । र त्यही विषयमा बैठकमा पनि चर्चा भएको थियो ।’ मन्त्री श्रेष्ठले भने– ‘बैठकमा मदिराको आयात खोल्नुपर्ने प्रस्ताव राखेको छु । तिहारपछी केही निर्णय हुन्छ ।’
यसो त होटेल व्यवसायीले आयातमा प्रतिबन्ध लगाउँदा अवैध आयात बढेको र राजस्व संकलनमा समेत दबाब पर्ने भन्दै मदिराको आयात प्रतिबन्ध हटाउनुपर्ने माग राख्दै आएका छन् ।
गत बैशाख १३ गतेदेखि सरकारले मदिरा लगायतका चार प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ । विदेशी मुद्रा सञ्चितीमा दबाब परेको भन्दै सरकारले पटक पटक गरी यो प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्