×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युरोडमा व्यापारीको फूलको मालामा मनपरी मोल, १५ तस्विरमा हेर्नुहोस् हातैमा समातेर यसरी बेच्दैछन् माला …(फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

न्युरोडमा व्यापारीको फूलको मालामा मनपरी मोल, १५ तस्विरमा हेर्नुहोस् हातैमा समातेर यसरी बेच्दैछन् माला …(फोटो-कथा)

काठमाडौं । तिहार लागेसँगै न्युरोडमा फूलको मालाको व्यापार बढेको छ । विभिन्न थरीका फूलका मालाहरु लिएर व्यापारीहरु फुटपाथमै माला बेच्न थालेका छन् । अहिले न्युरोडको फुटपाथ र सडक फूलको माला किन्ने र बेच्नेहरुले भरिएको देखिन्छ ।

सरकारले प्लाष्टिकका फूल, फूलगुच्छा र मालामा प्रतिबन्ध लगाएसँगै फूलको मालाको माग र कारोबार बढेको व्यापारीले बताएका छन् । ‘यो व्यापार सिजन व्यापार हो । अफिस बिदा छ त्यसैले फूलको माला बेच्न आएका हौँ’, न्युरोडमा फूलको माला बेच्दै गरेकी एक युवतिले भनिन्, ‘गतसाल प्राय सबै पसल प्लाष्टिकका फूल र मालाले भरिन्थे । तर, अहिले भने त्यसो छैन । यसपाली फूलको मालाको माग र व्यापार दुवै बढेको छ ।’ फुटपाथमा फूलको माला बेचेरै दैनिक १० देखि १५ हजारसम्मको कारोबार गर्ने ति युवतिले बताएकी छिन् ।

यसो त न्युरोडका फुटपाथमा हातैमा समातेर माला बेच्नेहरुको पनि मालाको बिक्रीदर समान छैन । कसैले प्रतिगोटा रु.१५० मा बेचिरहेका छन् भने कसैले सोही माला प्रतिगोटा २०० का दरले पनि बिक्री गरिरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: