काठमाडौं । होटल तथा रेष्टुरेन्टलाई मेनुमा उल्लेख भएबाहेक ग्राहकबाट अतिरिक्त रकम नउठाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सचेत गराएको छ । होटल तथा रेष्टुरेन्टले त्यसरी रकम असुलेको गुनासो बढ्न थालेपछि विभागले विज्ञप्ती नै सार्वजनिक गर्दै मेनु मूल्यबाहेकको सेवा शुल्क र भ्याट जोडेर रकम नउठाउन आग्रह गरेको हो ।
अतिरिक्त सेवा शुल्क र भ्याट जोडेरै मेनु निर्धारण हुने भएकाले मेनु बाहेकको रकम उठाउने कार्य उपभोक्ता संरक्षण ऐन विरुद्ध भएको विभागले जनाएको छ । यस्तो कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को व्यवस्था विरुद्ध हुने समेत विभागले स्पष्ट पारेको छ ।
त्यस्तै विभागले विज्ञप्तीमार्फत होटल तथा रेष्टुरेन्टलाई मेनु तयार गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमको सेवा शुल्क तथा कर रकम सहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्न आग्रह गरेको छ ।
यसरी होटल तथा रेष्टुरेन्टले मेनुका उल्लेख भए बाहेकको रकम असुलेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कार्वाही गर्ने विभागले चेतावनी समेत दिएको छ ।
यस्तो छ विभागले जारि गरेको सूचना:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्