×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको खुद नाफा ११ प्रतिशतले घट्यो, नाफा घटेसँगै बैंकको इपीएस पनि निराशाजनक (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुक्तिनाथ विकास बैंकको खुद नाफा ११ प्रतिशतले घट्यो, नाफा घटेसँगै बैंकको इपीएस पनि निराशाजनक (विवरणसहित)

Artha Sarokar

१३ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद नाफा ११.०५ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३४ करोड ५५ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो भने यसवर्ष बैंकको खुद नाफा ३० करोड ७४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ । एक वर्षको अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

समिक्षा अवधिसम्म बैंकको सञ्चालन नाफामा पनि ११.०५ प्रतिशतले गिरावट आएको छ । यो अवधिमा बैंकको यस्तो नाफा घटेर ४३ करोड ९१ लाख रुपैयाँमा कायम भएको छ । त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको इम्परिमेन्ट चार्ज भने बढेको छ । गत वर्ष १७ करोड ४८ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष बढेर २५ करोड १ लाख रुपैयाँ पुगेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २२.२४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै बैंकको वितरणयोग्य नाफा ८१ करोड ४७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ९५ करोड रुपैयाँ जम्मा भएको छ । हाल मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ रहेको छ ।

पहिलो त्रैमासम्ममा बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी (इपीएस)मा पनि गिरावट आएको छ । सो अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ७० पैसाले घटेर २१ रुपैयाँ ७४ पैसा कायम भएको छ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी