काठमाडौँ । दशैंपछि खुलेको सेयर बजारमा पहिलो दिनमै ४४. ६२ अंकको बढोत्तरी भएको छ । साताको कारोबारको पहिलो दिन नै गज्जबले बढेको बजार १८९८.३८ विन्दुमा पुगेको छ । देशैभरको चुनावी माहोलले लगानीकर्तामा छुट्टै उत्साह ल्याउँदा बजार बढेको हो ।
चुनावी माहोल बढेसँगै बजारमा पैसाको आपूर्ति बढ्ने र तरलता सहज हुने विश्वासले पनि बजारमा खरिदकर्ताहरु हाबी भएका हुन् । निर्वाचनको समयमा पैसाको आपूर्ति बढ्दा तरलता सहज हुने विश्वास र बजारमा निकै सस्तोमा सेयरहरु पाईएको अवस्था भएकाले पनि बजारमा सेयर किन्नेहरु बढेका हुन् ।
त्यसमाथि सेयर बजारमा लामो समयदेखि सक्रिय अनुभवी लगानीकर्ताले पनि बजार बियरिस चक्रको अन्तिममा रहेको बताउन थालेपछि त्यसले सेयर बजारमा थप उत्साह थपिदिएको छ ।
आइतबार नेप्सेमा १३ वटै उपसूचकमा हरियाली छाउँदा वित्त कम्पनी र विकास बैंक उपसूचक साढे ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । २५ लाख ३३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६८ लाख ७३ हजारको कारोबार भएकोमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक २२ करोड ६९ लाख ८२ हजारको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ३ करोड ५१ लाख ९८ हजार र हिमालयन डिस्टिलरीको २ करोड ३१ लाख ४५ हजारको कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्