×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईओसीले बढायो इन्धनको मूल्य, पाक्षिक ३९ करोड नाफा कमाएर २० महिनापछि फाइदामा जाँदै नेपाल आयल निगम

PRIME CA

आईओसीले बढायो इन्धनको मूल्य, पाक्षिक ३९ करोड नाफा कमाएर २० महिनापछि फाइदामा जाँदै नेपाल आयल निगम

३१ आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ । आइतबार आईओसीले नेपाल आयल निगमलाई सबै खालको पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै नयाँ मूल्यसूची पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेलमा १५ रुपैयाँ ६० पैसा र हवाई इन्धनमा १० रुपैयाँ २५ पैसा वृद्धि भएको छ ।

मूल्य बढेपनि पेट्रोल र हवाई इन्धनमा निगम नाफामा छ । तर, नेपाल आयल निमगलाई डिजेलमा भने प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा घाटा हुने भएको भएको छ । यता ग्यासमा प्रतिसिलिण्डर ३२५ रुपैयाँ घाटा बेहोर्नु परेको निगमले जनाएको छ ।

तर पनि निगमलाई समग्रमा आगामी १५ दिनमा ३९ करोड नाफा रहने भएको छ । २० महिनाको अन्तरालपछि पुनः नाफामा गएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: