×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारलाई लक्षित गर्दै ओखरको आयातमा दोब्बरले वृद्धि, तिहारको मुखमा महंगो बजार केही सस्तो हुने विश्वास

PRIME CA
GLOBAL IME BANK

तिहारलाई लक्षित गर्दै ओखरको आयातमा दोब्बरले वृद्धि, तिहारको मुखमा महंगो बजार केही सस्तो हुने विश्वास

३० आश्विन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तिहारलाई लक्षित गर्दै नेपालमा ओखरको आयात ह्वात्तै बढेको छ । दशैं सकिए लगत्तै उत्तरी नाकाबाट ओखर तथा स्याउको आयात बढेको हो । दशैं अघिसम्म न्युन मात्रामा आयात भईरहेको दाँते ओखरको आयात तिहार नजिकिएसँगै ह्वात्तै बढेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

दसैं सकिएलगत्तै चार दिनको समयमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । यसरी नेपालीहरुको दोस्रो ठूलो महान चार्ड तिहार नजिकिएसँगै स्याउसँगै ओखरको आयातमा वृद्धि भएको व्यवसायीहरु बताउँछन् । ‘ओखरको खपत हुने भनेकै तिहारमा हो’, व्यवसायी क्षितिज श्रेष्ठले भने, ‘चीनबाट अहिले सबैभन्दा बढी ओखर र स्याउकै आयात बढी छ ।’

यसो त अहिले नेपाली बजारमा ओखरको मूल्य प्रतिकिलो १ हजार ५० सम्म पर्छ । तर, ठूलो मात्रामा ओखरको आयात भएसँगै केही दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने व्यवसायीहरुको भनाई रहेको छ ।

चिनियाँ नाकामा भएको अघोषित नाकाबन्दीमा केही सहज भएसँगै अहिले आयातमा पनि वृद्धि देखिएको छ । सोही अनुरुप चालु आर्थिक वर्षको गत साउनदेखि असोज २७ गतेसम्म आयात भएका सामग्रीको मूल्याङ्कनबाट कुल १ अर्ब ४१ करोड भन्सार शुल्कवापत राजस्व दाखिला भइसकेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: