×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोप्य रुपमा गेष्टको अश्लील भिडियो खिच्ने होटल म्यानेजर पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गोप्य रुपमा गेष्टको अश्लील भिडियो खिच्ने होटल म्यानेजर पक्राउ

Artha Sarokar

४ कार्तिक २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लजको कोठाभित्र गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने व्यक्ति पक्राउ परेका छन् । बिहीबार काठमाडौं महानगरपालिका ३ बाँसवारीस्थित रेष्ट्रो एण्ड लजका म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई प्रहरीले पक्राउ गरेको हो ।

मालीले लजमा बस्न आउने गेष्टहरुको गोप्य रुप्मा अश्लिल भिडियो बनाएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘उनले पहिलेदेखि नै ग्राहकको अश्लिल भिडियो बनाउने रहेछन्’, प्रहरी वृत्त महारजगञ्जका एक प्रहरी प्रतिनिधिले भने, ‘उनको मोबाइलमा विभिन्न व्यक्तिहरुको अश्लील भिडियो समेत फेला परेको छ ।’ उनको साथबाट प्रहरीले आइफोन १२ प्रो म्याक्स पनि बरामम गरेको छ ।

माली विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी