काठमाडौं । पिपुल्स पावरको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि ओपन रेन्ज न्युनतम ९४ रुपैयाँ ९६ पैसादेखि अधिकतम २८४ रुपैयाँ ८८ पैसासम्म ओपनिङ रेञ्ज दिएको हो ।
पिपुल्सको पहिलो कारोबार २८४ रुपैयाँ १० पैसामा खुला भएको छ । नेप्सेमा कम्पनीको सेयर कारोबार ‘पीपीएल’ संकेतमा सुरु भएको हो । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम ६३ लाख २६ हजार कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
गत शुक्रबार नेप्सेमा कम्पनीको कुल ६३ लाख २६ हजार कित्ता आईपीओ सूचीकृत भएको थियो । जसमध्ये ३२ लाख २६ हजार कित्ता संस्थापक समूहको, २४ लाख ६७ हजार ४०० कित्ता सर्वसाधारणको र ६ लाख ३२ हजार ६०० कित्ता स्थानीयको रहेको छ ।
पिपुल्स पावरले गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ बिक्री गरेको थियो । यो आईपीओको बाँडफाँड भने भदौ १२ गते गरिएको थियो । पिपुल्स पावरको आईपीओ प्रभु क्यापिटल लिमिटेडमार्फत बिक्री खुल्ला भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्