काठमाडौं । सरकारले तिहार तथा छठपर्वलाई लक्षित गर्दै प्लास्टिकजन्य फूल, फूलका गुच्छा र मालामा प्रतिबन्ध लगाएको छ । बिहीवार एक सूचना जारी गर्दै मन्त्रालयले प्लास्टिकका फूलमाला तथा सामाग्रीको उत्पादन, आयात र भण्डारणमा प्रतिबन्ध लगाउँदै यस्ता वस्तुको कारोबार नगर्न समेत आग्रह गरेको हो ।
प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने पनि वन तथा वातावरण मन्त्रालयले चेतावनी दिएको छ ।
गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
तिहार र छठजस्ता चाडपर्वहरूमा यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्