×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरी दिवसको अवसरमा पूर्वएआईजी भण्डारीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’, अमर प्रहरीका परिवारलाई सम्मान गरियो…

PRIME CA

प्रहरी दिवसको अवसरमा पूर्वएआईजी भण्डारीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’, अमर प्रहरीका परिवारलाई सम्मान गरियो…

३१ आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल प्रहरीले ६७औँ प्रहरी दिवस भव्यताका साथ मनाएको छ । सोमबार प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष समारोहको आयोजना गर्दै दिवस मनाइएको हो ।

दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरीका परिवारलाई सम्मान समेत गरिएको थियो । दिवंगत प्रहरीहरुको सम्मानमा निर्मित स्तम्भमा आगन्तुकहरुले माल्यार्पण पनि गरेका थिए । कार्यक्रममा नेपाल प्रहरीले ड्रोनमार्फत् प्रहरी दिवसको ब्यानर समेत उडाएको थियो ।

दिवसकै अवसरमा पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायतको सहभागिता रहेको थियो । बाँकी फोटो फिचरहा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: