काठमाडौँ । देशभर लगातारको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढेको छ । बाढीका कारण केही नदीहरुमा सतर्कता तह पार गरेको छ भने पहिरोका कारण सडक समेत अवरुद्ध भएको छ । विभिन्न स्थान तथा सडकहरु जलमग्न भएपछि आवतजावतमा समस्या आएको छ ।
अधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बालीनाली समेत नष्ट भएको छ भने किसानले लगाएको धान बाली पानीले डुबाएको छ । साथै, वर्षाका कारण धान उत्पादनमा गिरावट आउने कृषकहरु बताउँछन् । बाँकी तस्विरमा हेर्नुहोस्: