×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल र जनरल इन्स्योरेन्सले कार्तिक ७ बाट एकिकृत कारोबार गर्दै, कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स रहने

PRIME CA

सानिमा जनरल र जनरल इन्स्योरेन्सले कार्तिक ७ बाट एकिकृत कारोबार गर्दै, कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स रहने

१ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मर्जरपछी सानिमा जनरल र जनरल इन्स्योरेन्स कार्तिक ७ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार सञ्चालन गर्नका लागि बीमा समिति र कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिईसकेका छन् ।

मर्जरपछी कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स रहने भएको छ । हाल दुवै कम्पनीको सेयर कारोबार बन्द रहेको छ ।

दुवै कम्पनीबीच गतर असारमा मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । बीमा समितिको गत चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ । हाल सानिमाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र जनरलको पनि १ अर्ब रुपैयाँ नै चुक्ता पुँजी रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: