काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्सका लागि आवेदन दिन भन्दै खुला गरेको म्याद सकिन अव दुईदिन मात्रै बाँकी छ । बोर्डले दिएको आवेदनको म्याद अवधि मंगलबार सकिदै छ । तर, सोमबार बिहानसम्म बोर्डमा कुनै पनि निवेदन परेको छैन ।
अदालतको आदेशका कारण बोर्डमा नयाँ स्टकका लागि आवदेन नपरेको बोर्डको अनुमान रहेको छ । ४ कार्तिकमा सर्वोच्च अदालतले नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल रोक्न भनि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । ‘अदालतको आदेशकै कारण निवेदन नपरेको हुनसक्छ’, बोर्डका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘तर, निवेदन लिने कि नलिने भन्ने विषयमा हामी पनि अन्योलमा छौँ ।’
अदालतको आदेशपछि बोर्ड निवदेन लिने कि नलिने भन्ने विषयको टुँगोमा पुग्न कानुनी पशामर्श लिईरहेको बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताए । ‘अहिले हामी कानुनी परामर्श लिने प्रक्रियामै छौँ। निवदेन लिने वा तत्कालका लागि स्थगित गर्ने भन्ने विषयमा निर्णय हुन सकेको छैन’, उनले भने, ‘धेरैथरीबाट विभिन्न सुझाव आएका छन्। प्रारम्भिक छलफलबाट निवेदन नलिने भन्ने निश्कर्ष निस्किएको छ। सम्भवतः सोमबार साँझसम्ममा निश्कर्षमा पुग्छौँ ।’
यसभन्दा अघि अदालतले नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल रोक्न भन्दै कार्तिक ४ गते अन्तरिम आदेश जारी गरेको थियो । प्रक्रिया रोक्न भन्दै अधिवक्ता दिपक बिक्रम मिश्रले दायर गरेको रिट उपर सुनवाई गर्दै न्यायधिस तिलप्रसाद श्रेष्ठको एकल इजलासले धितोपत्र बोर्डलाई प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्