Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला, १५ दिन भित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक समुहको सेयर बिक्री खुला गरेको छ । बैंकका १ जना संस्थापक सेयरधनीले आज असोज २५ गते मंगलबारदेखि आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । बैंकका संस्थापक सेयरधनी सेम राज शाक्यले सो सेयर बेच्न लागेका हुन् ।

उक्त सेयरमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्ने बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक जो कोहीले १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK