काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २७.१६ अंकले घटेर १८७१.२२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३३ कम्पनीको ३१ लाख ५५ हजार ६ सय ९५ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १६ करोड ५८ लाख ७७ हजार ४ सय १४ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा अभियान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा एनएमबि हाईब्रिड फण्ड एल-१, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड-१, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड, उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था र नबिल ब्यालेन्स फण्ड-२ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १६ करोड ५८ लाख ७७ हजार ४ सय १४ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल इन्स्योरेन्स कर्पोरेशन, नबिल बैंक लिमिटेड, हिमालयन डिस्टिलरी, लुम्बिनी विकाश बैंक लिमिटेड, महालक्ष्मी विकाश बैंक र हिमालयन पावर पार्टनरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा गरिमा डेबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । गरिमा डेबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा सिभिल लघुवित्त वित्तिय संस्था, १०.३५% एग्रिकल्चर बैंक डेबेन्चर २०८३, कर्णाली डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर र महुली लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्