काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १६.०६ अंकले घटेर १८५५.१६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२९ कम्पनीको १७ लाख ६८ हजार ६ सय ९२ कित्ता सेयर खरिद बिक्री हुँदा ५५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड १० लाख ९ हजार ४ सय ४९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा समीट लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा अभियान लघुवित्त वित्तिय संस्था, सिटिजन्स म्युचुअल फण्ड-१, रुरु जलविद्युत परियोजना, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकशन र गुराँस लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड १० लाख ९ हजार ४ सय ४९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, रिडी पावर कम्पनी, नेपाल दूरसंचार कम्पनी र हिमालयन डिस्टिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । बिन्ध्याबासिनी हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा सिंगटि हाइड्रो इनर्जी, नेरुडे लघुवित्त वित्तिय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, एभरेस्ट बैंक लिमिटेड र सामलिङ्ग पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्