काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ११.३२ अंकले बढेर १८६६.४८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२३ कम्पनीको २० लाख ८५ हजार २ सय ८४ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २ करोड ४० लाख ११ हजार ६ सय ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा अभियान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा महुली लघुवित्त वित्तिय संस्था, प्रोग्रेशिभ फाइनान्स, दिब्यश्वरी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट र युनिभर्सल पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २ करोड ४० लाख ११ हजार ६ सय ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, एनआइसी एशिया लघुवित्त वित्तिय संस्था, गोर्खाज फाइनान्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स र लुम्बिनी विकाश बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा एभरेस्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । एभरेस्ट बैंकको सेयरमा यस्तो गिरावट आउँदा एनएमबि हाईब्रिड फण्ड एल-१, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१, सानिमा लार्ज क्याप फण्ड, एनआइबिएल सम्वृद्धि फण्ड-२ र कालिका लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्