काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.१५ अंकले बढेर १८७०.६३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२२ कम्पनीको २६ लाख ९८ हजार ३ सय ४७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ४० लाख ३५ हजार २ सय २ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा अभियान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा रुरु जलविद्युत परियोजना, सामुदायिक लघुवित्त वित्तिय संस्था, शिवम् सिमेन्ट, सबैको लघुवित्त वित्तिय संस्था र दोर्दी खोला जल विद्युत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ४० लाख ३५ हजार २ सय २ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, रिडी पावर कम्पनी, हिमालयन डिष्टिलरी र गोर्खाज फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड- २ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । सिटिजन्स म्युचुअल फण्डको सेयरमा यस्तो गिरावट आउँदा एभरेस्ट बैंक लिमिटेड, ८.५ % नेपाल इन्भेस्टमेन्ट बैंक डेबेन्चर २०८४, ग्लोबल आइएमई समुन्नत स्किम-१, गणपति लघुवित्त वित्तिय संस्था र बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्टमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्