×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार घट्यो सेयर बजार, ८० करोडमाथिको कारोबार हुँदा नेप्से १८६०.९४ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइतबार घट्यो सेयर बजार, ८० करोडमाथिको कारोबार हुँदा नेप्से १८६०.९४ बिन्दुमा

Artha Sarokar

३० आश्विन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ९.६९ अंकले घटेर १८६०.९४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२१ कम्पनीको २५ लाख ७४ हजार ७ सय ८५ कित्ता सेयर खरिद बिक्री हुँदा ८० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एभरेस्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ४७ लाख ५९ हजार ७ सय ३९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा अभियान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशतले बढेको हो । यस अलावा स्टाण्डर चार्टर्ड बैंक, एभरेस्ट बैंक लिमिटेड, नेपाल एसबिआइ बैंक, रिलायन्स फाइनान्स र राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सनका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एभरेस्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ४७ लाख ५९ हजार ७ सय ३९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा गरिमा विकास बैंक, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, रिडी पावर कम्पनी र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । पिपुल्स पावरको सेयरमा यस्तो गिरावट आउँदा सिटिजन्स बैंक इन्टरन्याशनल, आशा लघुवित्त वित्तिय संस्था, मैलुंग खोला जल विद्युत,पञ्चकन्या माई हाइड्रोपावर र महुली लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी