काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २.६१ अंकले घटेर १८५८.३३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २१९ कम्पनीको १६ लाख ३१ हजार ३ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २ करोड ७९ लाख १९ हजार २ सय १५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा अभियान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशतले बढेको हो । यस अलावा सयपत्री हाइड्रोपावर, कुमारी धनब्रिद्धि योजना, इन्फिनिटी लघुवित्त वित्तिय संस्था, एनआइबिएल प्रगति फण्ड र प्रभु बैंक लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २ करोड ७९ लाख १९ हजार २ सय १५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा प्रभु बैंक लिमिटेड, रिडी पावर कम्पनी, हिमालयन डिष्टिलरी, प्राइम कमर्सिअल बैंक र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा धेरैले घटेको हो । पिपुल्स पावरको सेयरमा यस्तो गिरावट आउँदा बलेफी हाइड्रोपावर, रिलायन्स फाइनान्स, स्टाण्डर चार्टर्ड बैंक,बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट र समता घरेलु लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्