काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १२.८१ अंकले घटेर १८४५.५१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २१६ कम्पनीको २१ लाख ५१ हजार ७ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा ६४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ७२ लाख १२ हजार ९ सय ३५ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा अभियान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सयपत्री हाइड्रोपावर लिमिटेड, सिटिजन्स म्युचल फण्ड २, अपर हेवा खोला हाइड्रोपावर, सोल्टी होटल लिमिटेड र आरबिबि म्युचल फण्ड-१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ७२ लाख १२ हजार ९ सय ३५ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, रिडी पावर कम्पनी, हिमालयन डिष्टिलरी, एनआइसी एशिया बैंक लिमिटेड र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ७ प्रतिशत भन्दा धेरैले घटेको हो । पिपुल्स पावरको सेयरमा यस्तो गिरावट आउँदा समलिंग पावर कम्पनी, विन नेपाल लघुवित्त वित्तिय संस्था, रिभर फल्स पावर लिमिटेड, कुमारी धनवृद्धि योजना र रुरु जलविद्युत परियोजनामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्