×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १.३८ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहिबार १.३८ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

३ कार्तिक २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४.१४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२१ कम्पनीको १५ लाख ४६ हजार ८ सय ५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अभियान लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको ३ करोड ६९ लाख ५२ हजार ९ सय १ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट, बिशाल बजार कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, रुरु जलविद्युत परियोजना र सिटिजन्स म्युचल फण्ड-१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार अभियान लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको ३ करोड ६९ लाख ५२ हजार ९ सय १ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा गरिमा विकास बैंक, एभरेस्ट बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सेन्चुरी डेबेन्चर २०८८ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ७ प्रतिशत भन्दा धेरैले घटेको हो । सेन्चुरी डेबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा सामुदायिक लघुवित्त वित्तिय संस्था, अभियान लघुवित्त वित्तिय संस्था, हिमालयन पावर पार्टनर, अपर हेवाखोला हाइड्रोपावर कम्पनी र अपर सोलु हाइड्रो इलेक्ट्रिकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी