काठमाडौं । सोमबार नेप्से परिसूचक बढेको छ । तिहार अघिको अन्तिम कारोबार दिनको तुलनामा नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२४ कम्पनीको २५ लाख ७४ हजार ९ सय ७५ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड १७ लाख २१ हजार २ सय ३२ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा सयपत्री हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा नेपाल एसबिआइ बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, एनआइसी एशिया बैंक, एभरेस्ट बैंक लिमिटेड र इमर्जिङ्ग नेपाल लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड १७ लाख २१ हजार २ सय ३२ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एभरेस्ट बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, शिवम्र सिमेन्ट र शाइन रेशुङ्गा डेभलपमेण्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा अपर हेवा खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ८ प्रतिशत भन्दा धेरैले घटेको हो । अपर हेवा खोलाको सेयरमा यस्तो गिरावट आउँदा रुरु जलविद्युत परियोजन, अभियान लघुवित्त वित्तिय संस्था, नबिल ब्यालेन्स फण्ड -३, दिब्यश्वरी हाइड्रोपावर लिमिटेड र कामना सेवा विकास बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्