×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्याज्योतिलाइफले मंसिरभित्रै एकिकृत कारोबार गर्ने !

PRIME CA

सूर्याज्योतिलाइफले मंसिरभित्रै एकिकृत कारोबार गर्ने !

६ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सूर्या लाइफ र ज्योती लाइफ इन्स्योरेन्सले मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा दुवै कम्पनीले गत असार १२ गते नै हस्ताक्षर गरेका थिए । मर्जरसम्बन्धी दुवै कम्पनीलाई गत असार १३ गते बीमा समितिबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो । मर्जर भएसँगै कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेने भएको छ । कम्पनीको रजिष्टार्ड कार्यालय विराटनगर, मोरङमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ ।

मर्जरपछी बन्ने नयाँ कम्पनीको संचालक समितिको अध्यक्षमा सूर्या लाइफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफ इन्स्योरेन्सका प्रकाश बिक्रम खत्री रहनेछन् । सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।

सेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीको शेयर सूर्या लाइफका सेयरधनीले १ सेयर बराबर १ शेयर पाउनेछन् । त्यस्तै ज्योति लाईफका सेयरधनीले १ शेयर बराबर ०.८२४५ सेयर पाउनेछन् । उक्त सेयर स्वाप अनुपातअनुसार गाभिए पश्चात बन्ने कम्पनीको कुल चुक्ता पुँजी ४ अर्ब ५५ करोड पुग्नेछ ।

मर्जरपछी बन्ने नयाँ कम्पनी सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीका नामबाट मंसिर मसान्त भित्रमा एकीकृत कारोबार संचालन गर्ने सहमति समेत कम्पनीहरूले गरेका छन् । सोही अनुसार दुवै कम्पनीले कात्तिक २८ गते एकैदिन साधारण सभा बोलाएका छन् । साधारणसभाबाट मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र अनुमोदन हुने कम्पनीहरूले जनाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: