Skip to content
LAXMI SUNRISE BANK

साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण : एक जार पानीको मूल्य ४७, बोटलको १६ रुपैयाँ

अर्थ सरोकार

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोटल र जारमा बिक्री वितरण हुने साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ ।

संघीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य निर्धारण गरेको हो ।

विभागले काठमाडौँ उपत्यकाभित्र बोटल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ निर्धारण गरेको छ भने उपत्यकाबाहिर एक लिटर बोटलको पानीको अधिकतम खुद्रा २० रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ निर्धारण गरिएको छ ।

निर्धारित मूल्यभन्दा बढी लिएको पाइएमा कानुन अनुसार कारबाही गरिने विभागले चेतावनी समेत दिएको छ । मूल्य बढी लिएको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई हदैसम्मको कारबाही गरिने विभागले जनाएको छ ।

निर्धारित मूल्यभन्दा बढी रकम तिरेर पानी खरिद नगर्न र काहीँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले आग्रह गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK