×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङको शुल्क बढ्यो, अब एक घण्टाकै १ सय रुपैयाँ तिर्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङको शुल्क बढ्यो, अब एक घण्टाकै १ सय रुपैयाँ तिर्नुपर्ने

Artha Sarokar

१ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नागरिक उड्डयन प्राधकिरण (क्यान)ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ शुल्क बढाएको छ । प्राधिकरणले मंसिर १ गतेदेखि लागू हुनेगरी पार्किङ शुल्कमा वृद्धि गरेको हो ।

पार्किङ शुल्कमा वृद्धि भएको जानकारी दिँदै प्राधिकरणले ठेक्का सम्झौता भएकाहरुसँग सम्झौता अवधिभर पुरानै दरमा पार्किङ शुल्क लिने जनाएको छ । तर, नयाँको हकमा भने प्राधिकरणले तोकेको नयाँ शुल्क कायम हुनेछ ।

प्राधिकरणका अनुसार अव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ गर्दा मोटरसाइकल र स्कुटरले प्रतिघण्टा ४० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, जीप र कारको हकमा भने प्रतिघण्टा ८० रुपैयाँ लाग्नेछ । यसअघि मोटरसाइकल र स्कुटरको पार्किङ शुल्क प्रतिघण्टा पाँच रुपैयाँ थियो भने कार जीपको २० रुपैयाँ तोकिएको थियो ।

विमानस्थल सेवा शुल्क नियमावली अन्तर्गत निर्धारण गरिएको नयाँ पार्किङ शुल्क अनुसार मोटरसाइकल र स्कुटरले दिनभरको २४० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, कार र जीपको हकमा भने दिनभरको ४ सय ८० रुपैयाँ लाग्ने भएकोल छ ।

हल्का सवारी साधन (मिनी बस, माइक्रो बास)को पार्किङ शुल्क प्रतिघण्टा १ सय रुपैयाँ र प्रतिदिन ६ सय रूपैयाँ तोकिएको छ । गह्रौ सवारी साधन (बस ट्रक) पार्किङ गर्दा प्रतिघण्टा १५० रुपैयाँ र दिनभरी पार्किङ गर्दा प्रतिदिन ९ सय रूपैयाँ लाग्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी