×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यसरी उदाए रवि लामिछाने, एमाले, काँग्रेस, माओवादीका नेता रविकै शरणमा पुग्ने निश्चित ! (भिडियो रिपोर्ट)

काठमाडौं । रवि लामिछाने । नेपाली संचार क्षेत्रमा जनताका समस्याहरुबारे सिधा कुरा गरेर उदाएका एक नक्षत्र । जनताका समस्याहरु बारे बोलेर, जनताका दुख पीर मर्का बुझेर, तीनलाई नेताका कानसम्म पुर्याउने जनताका नेता । कानमा तेल हालेर बसेका नेताहरुले नसुनेपछि कानको जाली नै फुट्नेगरी कराउने, जनताका बोली बोल्ने व्यक्ति । र जनता र नेता भनौदाहरुबीच ठुलो ग्याप भएपछि आफैं राजनीतिमा होमिएका जनताको मर्म बुझेका जन-आस्थाका धरोहर ।

सुरुसुरुमा रवि लामिछाने राजनीतिमा लाग्दा धेरैले उनको खिसिट्युरी गरे, मै हुँ भन्ने नेताहरुले उनले एक सिट पनि जित्दैनन् भने । तर जनता जागेपछि कसैको के लाग्छ र रु अव रविले एक सिट पनि जित्दैनन् भन्नेहरुले आफु सरकारमा जान पनि रविको पाउ पर्नुपर्ने स्थिति आएको छ । रविले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन बिना अरुको सरकार बनाउने हैसियत नबन्ने स्थिति छ । जनता जागेपछि देशभर बजेको घन्टी र उदाएका रविसंग जनताले परिवर्तनको आश गरेका छन् ।

रविले प्रतिपक्षमा बस्ने इन्ट्रेष्ट देखाए पनि जनताले उनलाई सरकारमा गइदिए हुन्थ्यो भन्ने सोचेका छन् । रविले भनेका छन् पूराना नेताको टिममा त सरकारमा हामी जाँदैनौं तर पूरा टिम युवाको आयो भने हामी सोच्छौँ । तर जनता भनिरहेका छन्, जनताको म्यान्डेट यहि छ- रवि सरकारमा जाउन ।

सम्भावना यस्तो पनि छ, नेपाली कांग्रेसमा अव विश्व प्रकाशले गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नेछन् । यो कुरा उनले सार्वजनिक रुपमै बोलिसकेका छन् । गगनले विश्वप्रकाशलाई पनि मन्त्री बन्न प्रस्ताव गर्नेछन् । गगन र विश्वप्रकाशजस्ता युवासहितको नेतृत्वमा रवि लामिछानेको पार्टी सरकारमा जानेछ । सोच्नुस त गगन प्रधानमन्त्री, विश्वप्रकाश उपप्रधानमन्त्री सहित गृहमन्त्री, रवि लामिछाने उपप्रधानमन्त्री सहित कुनै एक बलियो मन्त्रालयको मन्त्री, डा. तोसिमा कार्की स्वास्थ्यमन्त्री, कांग्रेसभित्रका काम गर्नेहरुको जिम्मामा अन्य मन्त्रालय । अनि त देशमा परिवर्तनको घन्टी बज्न कसले रोक्ने रु कसले छेक्ने ?

जनताको अपेक्षा छ,-यदी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएन भने पनि उनको पार्टी अहिलेसम्मकै शशक्त प्रतिपक्ष दल भएर उदाउनेछ । जनताका समस्या समाधान हुनुपर्यो भनेर नेताका कानका जाली फुट्नेगरी संसदमा कराउनेछ । जनताको घरमा पानी आएन, बाटो बनेन, धारा बनेन स्कुल बनेन भनेर कराउने मात्र होइन, कि तिमीहरु गर कि हामीलाई छोडीदेउ, हामी गर्छौं भनेर आवाज उठाउनेछ । समग्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनता को आवाज संसदमा बोल्नेछ । सत्ताको मातमा मातिएकाहरुलाई जननमतले माथ खुवाउनेछ । भ्रष्टहरुलाई तह लगाउनेछ र रविहरु पुनस् जनताका घरबस्तीमा उनीहरुका लागि बिकासका पोकाहरु लिएर जानेछन् ।

अव जनताले बुझीसके, थुतुनो मात्र चलाएर देश बन्दैन । जनताले बुझिसके, अव गुण्डागर्दी गरेर मात्र देश चल्दैन । जनताले यो पनि बुझिसके, मान्छे मार्नेहरुमात्र क्रान्तिकारी हुँदैनन्, मान्छे मार्न लगाउनेहरु बहादुर हुँदैनन् । जनताले सबै बुझिसके, अव देश बुढा नेताहरुबाट पार लाग्दैन । र ठुला, पूराना र मै हुँ भन्ने नेताले धोती खुस्किनेगरी हार्दा आज देशभर युवालाई जनमत आएको छ । देश लुटेर खान पल्केकाहरुको कानमा खतराको घन्टी बजिसकेको छ ।

तर रवि लामिछाने र उनको पार्टीलाई सजिलो भने छैन है । उनलाई रोक्न एमाले, माओवादी, कांग्रेस कुनै दिन मिलेछन् भने पनि अचम्म नमाने हुन्छ । उनलाई कसरी सिध्याउने भनेर अहिले पनि नेताका घरघरमा बैठक बसेका छन् । यतिसम्मकि तथ्यांकका नाममा मिथ्यांकलाई कमाई खाने भाँडो बनाएकाहरुलाई विभिन्न पार्टीले मण्डले बनाएर उनको पार्टीभित्र घुसाईसकेका छन् । चौतर्फी प्ररार हुने निश्चित छ । बर्षौंदेखि आफुले लुटेर खाएको जडमा रविको जवर्जस्त उपस्थितिमा धेरैले भाँजो हाल्ने निश्चित छ । रवि लामिछानेको टिमले यो तथ्य बुझ्न जरुरी छ । किनकि जनमत पाएर पनि पतन हुन कुनै पार्टीलाई पनि समय लाग्दैन भन्ने तथ्य घामजतिकै छर्लंग छ ।

अहिले आलोचनात्मक भन्दा पनि सकारात्मक बनौं । डा। तोशिमा कार्की, सोबिता गौतम, हरि ढकाल, जस्ता नेताहरुलाई अव सहयोग गरौँ । रविलाई समर्थन गरौँ । जनताको म्यान्डेट पाएकाहरुलाई दिल खोलेर समर्थन गरौँ । यो देश कसैको बाउको विर्ता होइन । कांग्रेसको पेवा होइन, एमालेको गड होइन, माओवादीको हतौडा होइन । देश त देश हो । र त देश आखिर बनाउनु नै पर्नेछ । यो जिम्मेवारी रवि लामिछानेले पूरा गर्छन भन्ने अपेक्षा गरौँ । गरेनन् भने अर्को ५ बर्षमा अर्को चुनाव आईहाल्छ नि ।

रविको जीत, र जनताले रवि नेतृत्वको पार्टीलाई दिएको जनमत, रास्वपाको जीत मात्र होइन, जनताको बिद्रोह पनि हो । गठबन्धनका नाममा जनताको आस्थामाथि गरिएको प्रहारको नतिजा पनि हो । बर्षौंसम्म गफ मात्र दिईरहने, काम नगर्नेहरुविरुद्धको प्रहार हो । खुलेआम ७० करोड घुस खाकै हो, के गर्छौं रु अझै ७० अर्व हान्देको हो भनेर घमण्ड देखाउनेहरुका विरुद्धको मत हो । सत्ता पाए सबै ठिक, सत्ता नपाए हाम्रो अपमान भयो भन्ने नेताहरु विरुद्धको मत हो । ट्यांकीमा पैसा लुकाउने प्रवृति, गुण्डागर्दी गरेर संसार जित्छु भन्ने घमण्ड र पैसा बाँडेर चुनाव जित्छु, र्याल चुहाएर देश चलाउँछु भन्ने विरुद्धको जवर्जस्त बिद्रोह हो ।

रविले अव परिवर्तनका संवाहकहरुलाई पनि संगै लिएर जानुपर्छ । प्राविधिक रुपमा कतिपयले चुनाव हारे, तर जनताको मत जिते । उनीहरुलाई सम्मान गर्नुपर्छ । देउवाको किल्लामा पुगेर सागर ढकालले जति मत ल्याए, के त्यो परिवर्तन चाहेका जनताको मत होइन र रु अवश्य हो । अव र्याल चुहाएर सरकार चल्दैन, देश युवाको काँधमा पुग्नुपर्छ भन्नेहरुले दिएको अमूल्य मतको कदर सागरहरुले त गर्नुपर्छ नै, नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सागरहरुको आँटलाई सम्मान गर्नुपर्छ ।

रविन्द्र मिश्र झिनो मतान्तरले हारे, के त्यो परिवर्तनको मत होइन र ? अवश्य हो । स्वतन्त्रहरु एक भएको भए जनतालाई भेडा भन्ने गणेशमान र हो नि बुवा भनेझैं गरेर चुनाव जितिरहने प्रकाशमानको किल्ला भत्किने थियो यसपाली भन्छन् विश्लेषकहरु। यो परिवर्तनको मतलाई सबैले स्वीकार गर्नुपर्छ । बरु रविन्द्र मिश्रहरुले पनि चुनाव जित्न पार्टी फेरिरहेको जस्तो देखिनुभन्दा रवि लामिछानेको पार्टीलाई समर्थन गर्नु राम्रो हुन्छ । आखिर तराजु फेल खायो, हलो बीचैमा अड्कियो । अव परिवर्तनको घन्टी बजाउन किन सहयोग नगर्ने रु कि कसो त रविन्द्र मिश्र ज्यू !

यसपालीको चुनावमा मै हुँ भन्ने नेताहरु पत्तासाफ भए । जताततै घन्टी बज्यो । १७ हजार मान्छे मारेको फुइ लगाएर क्रान्तिका नाममा गरिएको त्यहि संघर्षको ब्याज खाईरहेकाहरु पतनको बाटोमा लागे । कांग्रेसबाहेक अरु पार्टी पार्टी नै होइन भन्नेहरुलाई जनताले साइजमा ल्याईदिए । स्वतन्त्रको कतै पनि एक सिट पनि आउँदैन भन्ने एमालेको साइज झनै सानो बनाइदिए । नेकपा एसलाई जनताले नो भनिदिए । जनता गणेशमानले भनेजस्तै भेडा होइनन, बरु जनता भगवान हुन् भन्ने तथ्य यसपाली जनताले नेताहरुलाई मज्जैसँग सम्झाईदिए, बुझाईदिए ।

घन्टीको जितलाई अव पूराना र ठुला भनिएका दलहरुले सुध्रिने अवसरका रुपमा लिनुपर्छ । अवको ५ बर्ष रवि लामिछानेलाई सहयोग गरेर हामी पनि सुध्रिएर आयौं है भनेर जनताका घरआँगनमा जाने हिम्मत देखाउनुपर्छ । पैसा खर्च गरेर मात्र चुनाव जित्छु भन्ने भ्रम रहेछ, सबै जनता मासु भातमा बिक्ने रहेनछन् भन्ने तथ्य नेताहरुले बुझ्नुपर्छ । अनि अव रविसंगै मिलेर देश बिकासका लागि सबै दल लाग्नुपर्छ । किनकि अवको युग बालेन, हर्क र रविहरुको युग हो । सत्तरी नाघेका, बुढाहरुको होइन । चेतना भया ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: