×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावरको १०% बोनस सेयरमा मूल्य समायोजन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

PRIME CA

अरुण काबेली पावरको १०% बोनस सेयरमा मूल्य समायोजन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

१८ कार्तिक २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अरुण काबेली पावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य नेप्सेले ३ सय ६२ रुपैयाँ ७३ पैसा तोकेको छ । यहि मूल्यलाई आधार मानेर आइतबार कम्पनीको पहिलो कारोबार  खुल्ने भएको छ ।

कम्पनीको कात्तिक ३० गते वार्षिक साधारणसभा हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले आज कात्तिक १८ गते शुक्रबार बुक क्लोज गरेको छ । सभा अल्फा बीटा कम्प्लेक्सको चौथो तल्ला, नयाँ वानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ । नयाँ परियोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ । यता, कम्पनीले १ः१ अनुपातमा १०० % हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ भने बोर्डले अनुमति प्रदान गर्ने बेलासम्म कायम हुने चुक्ता पुँजीमा १०० % हकप्रद सेयर निष्कासनको लागि स्वीकृति प्रदान गर्ने सम्बन्धी प्रस्ताव पनि सभामा लगिने अरुण काबेलीले जानकारी गराएको छ ।

अरुणको हाल १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । प्रस्तावित बोनस सेयर वितरण भएमा चुक्ता पुँजी २ अर्ब ४ करोड ७ लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: