×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डोजर अभियानपछि बालेनको अर्को एक्सन घोषणा, सहकारीको भागाभाग, संचालक लुक्न थाले…(भिडियो रिपोर्ट)

काठमाडौं । एउटा असल मान्छे कुर्सीमा पुग्दा त्यसले काम गराईमा कति फरक पार्दछ भन्ने तथ्यको पछिल्लो ज्वलन्त उदाहरण हुन् काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह अर्थात बालेन । उनै बालेन काठमाडौँको मेयर भएपछि अहिले विस्तारै काठमाडौँको मुहार परिवर्तन हुँदैछ । बर्षौंदेखि लुटेर खान पल्केकाहरुको भागाभाग भएको छ भने काठमाडौँमा थिति बस्न सुरु भएको छ । कानुनले सानो ठुलो चिन्दैन भन्ने तथ्य बालेनले सबैलाई मज्जाले बुझाएका छन् । र त बत्ती जाँदा कुलमान गयो है भनेर ठट्टा गर्ने नेपालीहरु अहिले जहाँ जहाँ समस्या देख्छन्, यहाँ बालेनजस्तो मान्छे चाहियो भन्न थालेका छन् ।
यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँभित्र बग्रेल्ती खुलेका र आधाउधी डुबिसकेका सहकारीप्रति चासो देखाएका छन् । हरेक दिनजसो काठमाडौँका कुनै न कुनै सहकारी बचतकर्ताको रकम झ्वाम पारेर भाग्न थालेपछि बालेन्द्र शाहले यसतर्फ चासो देखाएका हुन् । सहकारी भागेको, नभागेकाहरुले पनि बचतकर्ताको बचत फिर्ता गर्न नसकेको, सहकारीले आफ्नो उद्देश्य अनुसार काम नगरेको, सहकारीलाई दुरुपयोग गरेर तिनका संचालकहरुले अर्कै धन्दा चलाएको लगायतका गुनासोपछि बालेनले सहकारीको अनुगमन गर्ने भएका हुन् ।
सिएको नेतृत्वमा समिति गठन हुने 
बालेन्द्रको योजनामा अव चार्टड एकाउन्टेन्टहरुको नेतृत्वमा एउटा विज्ञ समूह बन्नेछ । र सो समूहले बालेन्द्रकै निर्देशनमा काठमाडौँभित्रका सहकारीको अनुगमन गर्नेछ । अनुगमनका क्रममा कैफियत भेटिएका सहकारीमाथि कारवाही हुनेछ । तर अर्को समस्या चाहिं के हुने भयो भने काठमाडौँमा भएका अधिकांस सहकारीमा केहि न केहि कैफियत जरुर छ । धेरैजसो सहकारीमा पैसाको दुरुपयोग भएको छ । कतिपय सहकारीले भाग्ने बदनियत नै राखेर जनता डुबाउने काम गरिरहेका छन् । बालेनले डोजर अभियान चलाएजस्तै सहकारी सफाई अभियान चलाउने हो भने काठमाडौँमा सहकारी सय डेढ सय भन्दा बढी हुँदैनन् कि भन्ने अनुमान सहकारीका जानकारहरुको छ । अहिले काठमाडौँमा हजारौंको संख्यामा सहकारीहरु संचालित छन् । र काठमाडौँमा संचालन भएका सहकारीहरुमध्ये करिब आधा सहकारी समस्यामा छन् भन्ने अनुमान स्वयम् सहकारीका जानकारहरुको छ ।
पछिल्लो समय महानगर कार्य क्षेत्र रहेका धेरै सहकारीले सदस्यको बचत फिर्ता गर्न सकेका छैनन्  । सहकारीका सयौं सदस्यले महानगरमा बचत फिर्ता नगरेको भन्दै उजुरी दिएका छन् । सहकारी संस्थाले बचत रकम फिर्ता नगरेको गुनासो बढेसँगै काठमाडौं महानगरपालिकाले अनुगमन समिति गठन गर्ने भएको हो । जसका लागि मंगलबार महानगरको नगरकार्यपालिका बैठकमा नगर प्रमुख मेयर शाहले सप प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव पारित भएसँगै अब महानगर पालिकाले विज्ञ सहितको अनुगमन समिति गठन गर्नेछ ।
भाग्ने तयारिमा थुप्रै सहकारी 
बालेनले डोजर अभियान चलाएजस्तै सहकारीको अनुगमन गर्ने योजना बुनेको थाहा पाएपछि कतिपय सहकारीहरु बालेनको टिम त्यहाँ नपुग्दै कुम्लो कुटुलो बोकेर भाग्ने योजनामा छन् । कतिपयले नमिलेको हिसाब मिलाउने भन्दै विज्ञहरु बोलाउन थालेका छन् । कतिपयले जो सिएको नेतृत्वमा सो कमिटी बन्न लागेको हो, उनलाई घुस दिएर आफुलाई जोगाउन प्रेसर दिने तयारी गरिरहेका छन् । सबैजसो ठुला सहकारीको लेखापरीक्षण सिएले नै गर्ने हुन् । त्यसैले सो समितिको नेतृत्व चिनेकै सिएबाट हुने हुनाले उनलाई प्रभावमा पारी आफु जोगिनका लागि धेरैले कसरत गरिरहेका छन् । कतिपय अन्य सिएहरु यहि कामको दलालीमा समेत लाग्ने योजनामा छन् । यसरी बालेनले काम सुरु नगर्दै अहिले सहकारीकर्मी र तिनका दलालहरुको नीद हराम भएको छ ।
कतै नोट गरेर राखे हुन्छ, बालेन्द्रले डोजर अभियान चलाएजसरी सहकारीको अनुगमन गरे र गलत गर्नेलाई कारवाही गरे भने काठमाडौँका आधा जसो सहकारीको कन्तबिजोग स्थिति बाहिर आउनेछ । तर तथ्य फेरी यस्तो पनि हो कि बालेनले यो काम पक्का गरे भने काठमाडौँमा भएका सहकारीमध्ये ठग सहकारीहरु सिद्धिनेछन् र राम्रा सहकारीमात्र बस्नेछन् । तर यतिबेलासम्म धेरै बचतकर्ताको पैसा डुबीसकेको हुनेछ।  किनकि अहिले नै पनि धेरैजसो सहकारीहरु बचतकर्ताको पैसा फिर्ता दिन सक्ने अवस्थामा छैनन् । अधिकांस सहकारीका संचालकहरुले सहकारीलाई दुरुपयोग गरेका छन् । सहकारीको आडमा आफुले अकुत कमाएर बचतकर्ताको पैसा स्वाहा पारेका छन् धेरै सहकारीका फटाहा संचालकहरुले । र त जनताको यो असीम पीडाका बीच बालेनले चालेको कदम स्वागतयोग्य छ ।
अव चुनाव लगत्तै एउटा टिम बन्नेछ र सहकारीको अनुगमन सुरु हुनेछ । त्यसअघि नै थुप्रै सहकारीहरु भाग्ने तयारीमा छन् भन्ने बुझ्न गाह्रो छैन । कतिपय सहकारीका संचालक त बालेनको यो तयारी बारे थाहा पाएर भागिपनि सकेका छन् । कतिले लुक्ने तयारी गरेका छन् । बाहिर मेकअप गरेर राम्रो देखिएका कुरूप अनुहारहरुजस्तै  जसरी सहकारीलाई राम्रो जस्तो देखाएका थिए, ती सहकारीको मेकअप उत्रिने भएपछी ती सहकारीहरुको अहिले भागाभाग सुरु भएको छ ।
समितिले महानगरपालिका मातहतका करिब १९ सय सहकारीको अनुगमन गर्नेछ । अनुगमन गर्नुपर्नेमध्ये कतिपय सहकारी यसअघि नै समस्यामा छन् । कतिपय अनुगमन अगावै भाग्ने तयारीमा छन् । अव हेरौं, बालेनको अभियानले कति सहकारीका रियल फेस देखिने हुन् बजारमा ।
खैर, जे होस्, बालेनले जे गर्छन, ठिक गर्छन, जे गर्नेछन्, ठिक गर्नेछन् र यसपाली पनि बालेनको यो कदमले बजारमा हंगामा मात्र मच्चाउने छैन, बरु बालेन्द्र जनताप्रति कति चिन्तित छन् भन्नेसमेत प्रमाणित गर्नेछ । राम्रा काम गर्ने सहकारी, जय सहकारी, जनता ठग्ने सहकारी मुर्दाबाद सहकारी, र जनता ठग्ने सहकारीलाई तह लगाउन खोज्ने बालेन, जय बालेन !!
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: