काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई ज्यान मार्ने धम्की आएको छ । साहलाई थापाथलीको सकुम्बासी बस्तीका एक स्थानीयले ज्यान मार्ने भन्दै धम्की दिएका हुन् ।
सोमबार महानगरको टोली थापाथलीको सुकुम्बासी बस्ती हटाउन भन्दै सो क्षेत्रमा पुगेको थियो । तर, वैकल्पिक व्यवस्थाबिनै विस्थापित गर्न खोजेको भन्दै स्थानीयले महानगरको टोलीमाथि ढुंगामुढा गरेका थिए । महानगरको विरोधमा उत्रिएका उनीहरुले घरेलु हातहतियारसमेत प्रयोग गरेका थिए । सो पछि बस्तीका एक स्थानीयले मेयर साहलाई ज्यान मार्ने धम्की दिएका हुन् ।
सोमबार सुकुम्बासी बस्तीका स्थानीयको आक्रमणबाट १८ जना प्रहरी घाइते भएका छन् भने गम्भीर घाइते भएका तीन जनालाई आईसियुमा राखिएको छ । झडपकै क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै एक स्थानीयले मेयर साहको ज्यान खतरामा रहेको अभिव्यक्ति दिएका थिए ।
‘बालेन साहको ज्यान अब खतरामा हुन्छ, मर्न पनि हामी ज्यान नै दिन्छौँ, सके त्यसलाई पनि मार्छौं हामीले,’ ती व्यक्तिले भनेका छन् ।
ज्यान मार्ने धम्की आएसँगै मेयर साहले देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन् । ‘देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्तिसुरक्षा छ कि छैन ?’, साहले भनेका छन, ‘देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्