रुपन्देही । रुपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पछि पर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता लिएका छन् ।
सहायक निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ १० हजार ६ सय ४० मत गणना हुँदा गृहमन्त्री खाण दुई सय ५२ मतले पछाडि परेका छन् । राप्रपाका उम्मेदवार बोहरा चार हजार एक सय ७० मतका साथ अगाडि छन् भने सत्ता गठबन्धनका उम्मेदवार खाण तीन हजार नौ सय १९ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।
प्रदेशसभातर्फ ३ (१) को मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे तीन हजार ६७ मतका साथ अग्रता लिएका छन् भने जनता समाजवादी पार्टीका महेन्द्र यादव दुई हजार एक सय २८ मतका साथ दोस्रो स्थानमा रहेका छन् । यो क्षेत्रमा अहिलेसम्म छ सय १३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कूल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार नौ सय ७२ मत खसेको थियो ।